Friday 31st July 2026

प्रेश काउन्सिलको अध्यक्षबाट किशोर श्रेष्ठ हटाइए, दुर्गा भण्डारी नयाँ कार्यवाहक अध्यक्ष


तितोपाटी – नेपाल सरकारले प्रेश काउन्सिलको कार्यवाहक अध्यक्ष पदबाट किशोर श्रेष्ठलाइ हटाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले श्रेष्ठलाइ अध्यक्षबाट हटाएर काउन्सिलका सदस्य दुर्गा भण्डारीलाइ कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै  भण्डारीलाई जिम्मेवारी दिएको हो । भण्डारीलाई केही दिनअघि मात्रै सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।

श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै रहेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा  ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।

 


सम्बन्धित शीर्षकहरु

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

प्रतिकृयाहरू
...