Friday 31st July 2026

कालिकोट र अछामको सिमानामा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु


तितोपाटी – खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् ।

प्रहरीका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका– ९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त छन् ।

अछाम र कालिकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ गाउँपालिका स्थित उक्त खोला तर्ने क्रममा उनीहरूको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरूको बगेर मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

प्रतिकृयाहरू
...