Monday 4th August 2025

कालिकोट र अछामको सिमानामा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु


तितोपाटी – खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाएर आमा र ३ छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् ।

प्रहरीका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका– ९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त छन् ।

अछाम र कालिकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ गाउँपालिका स्थित उक्त खोला तर्ने क्रममा उनीहरूको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरूको बगेर मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...