Saturday 21st March 2026

नेपालमा पछिल्लो २४ घण्टामा ४६८ संक्रमित थपिए, मर्नेको संख्या १०० नाघ्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १०० नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या २६०१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८१९३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ जना कोरोना जितेर घर फर्केका छन् भने  ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १७२०१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि  पछिल्लो २४ घण्टामा कपिलवस्तुका ४० वर्षीय पुरुष,पर्साका ६० वर्षीय पुरुष र धनुषाका ५० वर्षीय पुरुषको जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १०२ पुगेको छ । गएको २४ घण्टामा ११०४७ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ५ लाख ५ हजार ६ सय  ६० जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १४ हजार ४ सय ४८ जना रहेका छन् ।

हाल कोरोना संक्रमितको उपचारको लागि देशभर ९४२ अाइसियु बेड र ४९६ वटा भेन्टिलेटर रहेका छन् भने आइसियुमा ९८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा बताइएको छ । त्यसै गरि कोरोना संक्रमित भेटिए पछि संक्रमित संग सम्पर्कमा आएका मानिसहरूले तत्कालै पिसिआर परिक्षण गरेको पाइएको र तत्काल परिक्षण गर्दा भाइरसको संक्रमण नदेखिने भएकोले कम्तिमा पनि ५ दिन पछि मात्रै पिसिआर परिक्षण गर्न अनुरोध गरिएको छ भने फ्रन्टलाइनमा रहेर संक्रमितहरूको उपचार गराइरहेका स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा दुर्ब्यावहार नगर्न नगराउन र अर्को सूचना नहुँदा सम्म कुनै पनि गोष्ठी, सेमिनार, सम्मेलन वा सभा नगर्न सबैलाइ सूचित गरिएको छ । त्यसै गरि देश भरका सबै मेडिकल कलेजहरूलाइ छुट्टै आइसोलेसन सेन्टर वा भवन छुट्याइ उपचार क्षमताको १ तिहाइ बेड कोरोना उपचारको लागि छुट्याइ तत्काल उपचारको व्यावस्था मिलाउन सूचना जारि गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड १३ लाख ८७ हजार भन्दा बढि संक्रमित भइ १ करोड ४१ लाख ६९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ६४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...