Tuesday 21st July 2026

पहिरोले घर पुरिँदा दुई परिवारका ६ जनाको मृत्यु


तितोपाटी – कालिकोट  जिल्लाको महाँवै गाँउपालिका-३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यु भएको छ। महाँवै गाउँपालिका-३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको हो। रजबहादुर बिष्टका दुई छोरा दुई छोरी र दाजु डिलबहादुर बिष्टका दुई छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले बताए।

उनका अनुसार गएराति रजबहादुर बिष्टको घरमा तीजको अवसरमा रमाइलो गर्ने भन्दै नाचगान चलिरहेको थियो। पहिरोमा परी रजबहादुर बिष्टका छोरा १३ वर्षीय पुष्प बिष्ट, ११ वर्षीय प्रविण बिष्ट, छोरीहरु १८ वर्षीया सबिना बिष्ट, १५ वर्षीया आशा बिष्टको मृत्यु भएको हो। त्यसैगरी रजबहादुरका दनजु डिलबहादुर बिष्टकी छोरी १९ वर्षीया कान्ती बिष्ट र १० वर्षीया रेखा बिष्ट पनि पहिरोमा परी भएको प्रहरीको भनाइ छ।

पादमघाट प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा शुक्रबार बिहान शव निकाली सनाखत गरिएको जोसीले जानकारी दिए। यस्तै जिल्लाको नरहरीनाथ गाउँपालिका-१ कोटबाडाको धारीमा पहिरो खस्दा दुई जना घाइते भएका छन्। पहिरोले ७० वर्षका नरबहादुर बिष्टको घर पुरिएको छ।नरबहादुर बिष्ट र उनका नाती रतन बिष्ट घाइते भएको हुन्। प्रहरीका अनुसार घाइतेमध्ये नरबहादुर बिष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरु दुवैको स्थानीय कोट्बाडा स्वास्थ्थ्य चौकीमा उपचार भइरहेको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

आज जनताको व्यापक विरोधपछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क (कर) हालका लागि लागू…

स्पेनले उपाधि जितेसँगै फिफा विश्वकप २०२६ औपचारिक रूपमा सम्पन्न भएको छ। तीन आयोजक राष्ट्रमा आयोजित प्रतियोगितामा ४८ टोली, १०४ खेल…

प्रतिकृयाहरू
...