Thursday 1st October 2026

चन्द्र – रथोध्दता छन्द -हरि शर्मा (सुबेदी)


चन्द्र
छन्द:रथोध्दता
वर्ण-११
लक्षण- र न र गण ल गु( ह्र्स्व, गुरु) भएको छन्द रथोध्दता हुन्छ ।
रात्परैर्नरलगै रथोध्दता ।
*********************
साँझमा टहक जूनको अति ।
रातमा चहक चन्द्रको कति ।
मेघको प्रचुर मित्रता सँग ।
गर्दछ्न् प्रगति पूर्णिमा तक ।१।

शान्तिको सहज घोषणा गरी ।
हाँस्दछन् गगन बीचमा बसी।
छैन खै त किन गर्बको रुप ।
मानव प्रचुर घमण्ड खुब ।२।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...