Wednesday 13th May 2026

नेपालमा कोरोनाको जोखिम बढ्दो, ३३८ संक्रमित हुँदा १८० निको भइ ४ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६७३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १८० जना कोरोना जितेर घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १६४९३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७्९ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ५२ हजार  २ सय ३६ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड १ लाख ५ हजार भन्दा बढि संक्रमित भइ १ करोड २९ लाख ५३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ३५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...