Monday 19th May 2025

नेपालमा कोरोनाको जोखिम बढ्दो, ३३८ संक्रमित हुँदा १८० निको भइ ४ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६७३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १८० जना कोरोना जितेर घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १६४९३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७्९ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ५२ हजार  २ सय ३६ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड १ लाख ५ हजार भन्दा बढि संक्रमित भइ १ करोड २९ लाख ५३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ३५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गीतकार तथा पटकथा लेखक जावेद अख्तर भन्छन् कि यदि उनलाई कहिल्यै नर्क र पाकिस्तान मध्ये एक रोज्नु पर्यो भने उनी…

गाजामा युद्धविरामका लागि इजरायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ। यी वार्ताहरू पछि, हमासले नयाँ युद्धविराम सम्झौताको एक…

तेहरान, इरान - अमेरिकी राष्ट्रपतिले मध्यपूर्वको आफ्नो पहिलो प्रमुख भ्रमणको क्रममा आफ्नो अभिव्यक्तिलाई तिखारेपछि इरानका राजनीतिक तथा सैन्य नेताहरूले डोनाल्ड…

प्रतिकृयाहरू
...