Thursday 1st October 2026

सानी – वसन्ततिलका छन्द – हरि शर्मा (सुबेदी)


सानी
छन्द:वसन्ततिलका
वर्ण-१४
उक्ता वसन्ततिलका तभजा जगौ ग: ।
लक्षण-
त भ ज ज गण गु गु (दुई गुरुवर्ण) भएको छन्द बसन्ततिलका हुन्छ ।
त भ ज ज गु गु
SSI SII ISI ISI S S
ताराज भानस जभान जभान गु गु
~~~~~~~~~~~~~~~~~~~~~~~~
गर्जिन्छ बादल तथापि परेन पानी।
जल्दैछ जंगल पहाड हुँदै खरानी ।
आकाश धुम्म छ अशान्त बनेर कस्तो।
बढ्दैछ दानव प्रबृत्ति बिनाश सस्तो।१।

संघर्ष तैपनि अनेक प्रयास सानी ।
बिक्रान्त मानव विचार सदा सिरानी ।
निश्चिन्त साँझ र बिहान अटेर जस्ती ।
सौजन्य काम छ किसान महान कस्ती ।२।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...