Monday 28th July 2025

सानी – वसन्ततिलका छन्द – हरि शर्मा (सुबेदी)


सानी
छन्द:वसन्ततिलका
वर्ण-१४
उक्ता वसन्ततिलका तभजा जगौ ग: ।
लक्षण-
त भ ज ज गण गु गु (दुई गुरुवर्ण) भएको छन्द बसन्ततिलका हुन्छ ।
त भ ज ज गु गु
SSI SII ISI ISI S S
ताराज भानस जभान जभान गु गु
~~~~~~~~~~~~~~~~~~~~~~~~
गर्जिन्छ बादल तथापि परेन पानी।
जल्दैछ जंगल पहाड हुँदै खरानी ।
आकाश धुम्म छ अशान्त बनेर कस्तो।
बढ्दैछ दानव प्रबृत्ति बिनाश सस्तो।१।

संघर्ष तैपनि अनेक प्रयास सानी ।
बिक्रान्त मानव विचार सदा सिरानी ।
निश्चिन्त साँझ र बिहान अटेर जस्ती ।
सौजन्य काम छ किसान महान कस्ती ।२।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...