Thursday 1st October 2026

तितो सत्य (छन्द कविता) -हरि शर्मा (सुबेदी)


अहम ताल बजायो भने घमण्ड नाच्दछ।
मपाईं भाका गाएमा इर्श्या कम्मर भाँच्दछ।
रिपुले मौका हेरेर बस्छ झुक्क्याई डस्दछ।
अरुले चाल दिएमा चम्चा मुखमा पस्दछ ।१।

भेडाको हुल हुलकै पछि लागेर मर्दछ।
कुत्ताको बाङ्गो पुच्छर सदा बाङ्गो नै पर्दछ।
पुराण सुनी भालुले मकै सखापै गर्दछ।
माहुरी सदा भलाई मात्र गरेर मर्दछ ।२।

सुतेको सिँह जिस्काए झम्टा आफूमै पर्दछ ।
सर्पले दूध पिएर पनि बिष नै झर्दछ ।
कपिको हुल बिगार्न मात्र अगाडि सर्दछ ।
सत्यको साथ लागेको जन अकेलो पर्दछ ।३।

फलाम काटी फलामलाई फितलो पार्दछ।
भएको बल फलामसँग खियाले झार्दछ।
निर्दयी घात आफन्त साथ आफन्त गर्दछ।
रामायणमा रावणलाई भाइले मार्दछ ।४।

हातले दियो खुट्टाको सास्ती धनले गर्दछ।
धनको बात आफन्त साथ अफ्ठ्यारो पर्दछ।
कलिको मान्छे धनको पछि लागेर मर्दछ।
मान्छेको मती धनको सती खरानी पर्दछ ।५।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...