Monday 10th August 2026

दैबको लीला – छन्द: सवाई -हरि शर्मा (सुबेदी)


संसारमा भएको के अचम्म लाएको ।
बिज्ञानको चमत्कार खै कता गएको ।
तुच्छ जीव शेखी ठूलो संसारै हल्लायो।
औषधीमुलो छुँदैन खै उत्पात मच्चायो।१।

उत्पात नै बिधी नीति खै कबै रोकिन्न।
दैब लीला कसै गरी टार्न नै सकिन्न।
कोरोनाले जिस्क्यायो र खिज्यायो बेसरी ।
ओखतीमुलो छुँदैन खै हट्ने हो कसरी ।२।

धेरै भन्छन् छैन ईश बिज्ञान सर्बस्व ।
देख्यौ आज भन्छु म त उठेकाले झोक ।
ओखतीको पत्तो छैन जोगिनु उपचार ।
यही कुरा बुझौं हामी सबै बराबर ।३।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

नाइजेरियाको कानो राज्य सरकारले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले १,५०० जोडीको दुई दिने सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेको…

प्रतिकृयाहरू
...