Sunday 27th July 2025

शिव पूजा अनि खिर – लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


असार पन्ध्र चिउरा दही साउन खिरले ।
खाएर हिँड्दा रोगले छाड्छ छाड्दछ पिरले ।१ ।

कृषिमा भर परेका हामी नेपाली महान ।
ज्युनार गर्छौँ पोषिला कुरा मिलेर जहाँन ।२ ।

कहिले खान्छौँ सर्वत सातु कहिले क्वाटी नि ।
इश्वर पूजा गरेको अर्थ बहाना भेटिने । ३ ।

साउन मास खटिरा लुतो अनेक रोगले ।
झम्टन खोज्ने त्यसैको बीच कोरोना शोकले ।४ ।

पोषिलो खिर पकाई खाँदा अत्यन्तै उत्तम ।
कुँडेमा दूध डालिमा त्यतै चामल हुँदामा ।५ ।

अभाव हुँदा मनले मात्र चिताए पुग्दछ ।
खिरको स्वाद कल्पेर पनि हृदय बुझ्दछ ।६ ।

साउन मास शिबको पूजा अत्यन्तै राम्रो छ ।
घरमा रुद्री लगाई राख्ने चलन हाम्रो छ ।७ ।

अनिकालले सताउनाले कालको डर छ ।
यमराज पनि शिवको पूजा गरेमा डर्दछ ।८ ।

स्वर्गमा बिष्णु सुतेको बेला बखत राम्रो छ ।
मिलेर सबै बचाए बच्छ सँस्कार हाम्रो त ।९।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...