Thursday 1st October 2026

शिव पूजा अनि खिर – लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


असार पन्ध्र चिउरा दही साउन खिरले ।
खाएर हिँड्दा रोगले छाड्छ छाड्दछ पिरले ।१ ।

कृषिमा भर परेका हामी नेपाली महान ।
ज्युनार गर्छौँ पोषिला कुरा मिलेर जहाँन ।२ ।

कहिले खान्छौँ सर्वत सातु कहिले क्वाटी नि ।
इश्वर पूजा गरेको अर्थ बहाना भेटिने । ३ ।

साउन मास खटिरा लुतो अनेक रोगले ।
झम्टन खोज्ने त्यसैको बीच कोरोना शोकले ।४ ।

पोषिलो खिर पकाई खाँदा अत्यन्तै उत्तम ।
कुँडेमा दूध डालिमा त्यतै चामल हुँदामा ।५ ।

अभाव हुँदा मनले मात्र चिताए पुग्दछ ।
खिरको स्वाद कल्पेर पनि हृदय बुझ्दछ ।६ ।

साउन मास शिबको पूजा अत्यन्तै राम्रो छ ।
घरमा रुद्री लगाई राख्ने चलन हाम्रो छ ।७ ।

अनिकालले सताउनाले कालको डर छ ।
यमराज पनि शिवको पूजा गरेमा डर्दछ ।८ ।

स्वर्गमा बिष्णु सुतेको बेला बखत राम्रो छ ।
मिलेर सबै बचाए बच्छ सँस्कार हाम्रो त ।९।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...