Saturday 11th October 2025

घट्टेखोलो सुसाएर – लोक छन्द (सवाई) -हरि शर्मा(सुबेदी)


म जन्मेको गलकोट नुवाकोट गाउँ ।
अमेरिका बस्छु ऐले हरि मेरो नाउँ ।
नुवाकोट पुछारमा सुबेदीका घर ।
ती मध्य एउटा म हुँ सुबेदी हो थर । १ ।

गौँदीखोला देखि डिहीँ धनमुडा शिर ।
भूमेमन्दिर तीज डाँडा मूलाछर्ने तिर ।
हलोतास्ने भनन्चौर सम्पोखरा पनि ।
नुवाकोट भनिकन पुकारिन्छ अनि ।२ ।

ओखरबोटदेखि माथि तीजडाँडा सम्म ।
देउपुजे पाखापानी बस्छ गजधुम्म ।
पारिपट्टि चमुवा छ निलुवाको काख ।
कुरा मात्र गर्दा पनि रसाउँने आँखा । ३ ।

चमुवामा बस्नु हुन्छ हाम्रा दाजु भाइ ।
सबैजना औधी माया गर्ने हामीलाई ।
बायाँपट्टी धुस्तुङ छ खरुवा छ दायाँ ।
कसो गरी भुल्ने होला धुस्तुङेको माया । ४ ।

धुस्तुङ हो मामाघर आमासँग जान्थेँ ।
भुल्केको त्यो पानी थापी अँजुलीमा खान्थेँ ।
खरुवाको बाटो हुँदै लेकतिर जान्थेँ ।
गुएँलीको स्वाद लिई मीठो मानी खान्थेँ ।५ ।

अमेरिका जापानमा यहाँ बस्ने साथी ।
हाँसीखेली रमाएको सम्झना छ अति ।
घट्टेखोलो सुसाएर ब्युँझाउँथ्यो राती ।
जन्मभूमी सम्झिँदा त चिरिन्छ यो छाती ।६ ।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...