Friday 2nd October 2026

बाग्लुङमा पहिरो हटाउने क्रममा टिपर र ट्र्याकटर चालक बेपत्ता, सबारी साधन पनि पुरिए


तितोपाटी –  बागलुङ नगरपालिका–१ निरयघाट नजिक शनिबार राती खसेको पहिरोले तीनवटा सवारी साधन पुरिएका छन् भने पहिरोमा दुई जना युवक बेपत्ता भएका छन् ।सडकमा पहिले देखि खसेको पहिरो हटाउन गएका स्काभेटर, टिपर र ट्र्याक्टरलाइ माथिबाट झरेको पहिरोले पुरेको छ भने टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्काभेटर चालक भने भाग्न भ्याएका थिए भने बेपत्ताहरूको खोजी भइरहेको छ ।

ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको नम्बर खुलेको छैन।

पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए।निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको छैन ।

 


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...