Sunday 9th August 2026

गजल -राम भण्डारी


गजल

अचम्मैको प्रकृति यो कुनै भर रहेनछ ।
साँझ ठिकै बिहान हेर्दा पुरै शहर रहेनछ ।।

एकैरातमा तहस-नहस निष्ठुरी दैव पनि
कहाँ घर,कुन हो बारी कुनै ठहर रहेनछ ।।

मुटु काँप्यो जिवितहरूको बृत्तान्त सुन्दा
क्षणभर बाँच्ने आशा कुनै प्रहर रहेनछ ।।

भयावह दृश्यहरु कहिल्यै नदेखेको
उर्लिएर भेल बाढी खाली बगर रहेनछ ।।

सम्बन्ध नै बिच्छेद एकदेखि अर्को गाउँ
रातै भरी बेहोस जस्तै कहिं खबर रहेनछ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी…

तिब्बती स्वतन्त्रता आन्दोलनका सक्रिय अभियन्ता लोब्गा राङजेन (५२) ले संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयअगाडि आत्मदाह गरेका छन्। तिब्बती समुदायका अनुसार उनले…

प्रतिकृयाहरू
...