Sunday 27th July 2025

गजल -राम भण्डारी


गजल

अचम्मैको प्रकृति यो कुनै भर रहेनछ ।
साँझ ठिकै बिहान हेर्दा पुरै शहर रहेनछ ।।

एकैरातमा तहस-नहस निष्ठुरी दैव पनि
कहाँ घर,कुन हो बारी कुनै ठहर रहेनछ ।।

मुटु काँप्यो जिवितहरूको बृत्तान्त सुन्दा
क्षणभर बाँच्ने आशा कुनै प्रहर रहेनछ ।।

भयावह दृश्यहरु कहिल्यै नदेखेको
उर्लिएर भेल बाढी खाली बगर रहेनछ ।।

सम्बन्ध नै बिच्छेद एकदेखि अर्को गाउँ
रातै भरी बेहोस जस्तै कहिं खबर रहेनछ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...