Saturday 11th October 2025

स्वर्गको टुक्रा निलुवा – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


स्वर्गको टुक्रा निलुवा
नेपाली लोक छन्द(झ्याउरे)
***********
बागलुङ, जिल्ला गलकोट भेगको गहना निलुवा ।
शिरमा बोकी बसेको गाउँ भनिन्छ चमुवा । १ ।

चमुवा पारी नुवाकोट पर्छ कविको घर त्यो ।
यो कवि पनि निलुवा घुम्न थियो नि पल्केको । २ ।

नुवाकोट बाट खरुवा हुँदै निलुवा पुग्दथ्यो ।
निलुवाको सुन्दरता देख्दा शिर नै झुक्दथ्यो । ३ ।

स्वर्गको टुक्रा एउटा त्यहाँ टुक्रेर खसेको ।
सुन्दरता सबै आफैमा बोकी थुचुक्क बसेको । ४ ।

अत्यन्तै सुन्दर मनको टुक्रा चुँडेर लिन्छ कि ।
निलुवा नाम रहेको यसको सुर्लुक्क निल्छ कि ।५ ।

बनको बिच समथर भु-भाग आकर्षक निलुवा ।
रोपेको देख्छु स्याउका त्यहीँ स-साना बिरुवा ।६ ।

सुन्दरताको गरेर बयान मुखले मेटिन्न ।
यो जस्तो सुन्दर मनमोहक ठाउँ खोजेर भेटिन्न । ७ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...