Thursday 1st October 2026

गजल -राम भण्डारी


गजल

आज साउने सक्रान्ति लुतो फाल्ने दिन ।
कहिले जुर्छ लुतो झैं कोरोना फाल्ने दिन ।।

हे ईश्वर! छिट्टै जुराइदेउ मानव जगतलाई
संसारै कोरोनामुक्त भइ दिप‌ बाल्ने दिन ।।

द्रुत गतिमा अघि बढाउँ हर प्रहर निरन्तर
डुबान पहिरोले‌ पारेका घाउहरू टाल्ने दिन ।।

धेरै पौरखी हातहरु छट्पिएर पर्खिरहेछन्
आ-आफ्ना कार्यथलोमा कर्म थाल्ने दिन ।।

सबै सजगता अपनाउन जरुरी छ अब यहाँ
आउनै नदिन मनका बिस्वासहरु ढाल्ने दिन ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हाल – काठमाडाैं


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...