Thursday 1st October 2026

आचार्य र खनालले छाडे साझा पार्टी


साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छाडेका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट अलग्गिने बताएका हुन्। ‘केन्द्रीय बैठकले उहाँहरुको अहिलेसम्मको योगदानलाई धन्यवाद दियो, पार्टीभन्दा बाहिर रहेर सघाउने बताउँदै उहाँहरु बाहिरिनुभएको हो’ सहप्रवक्ता शरदराज पाठकले भने ‘अर्काे वैकल्पिक पार्टी बनाउने उहाँहरुको इच्छा छैन, पार्टी संरचना बाहिर बसेर सहयोग गर्ने भन्नुभएको छ।’साझा पार्टीमा केही समयदेखि आचार्य-खनालको संयोजक रवीन्द्र मिश्रसहितको केन्द्रीय टिमसँग मतभिन्नता रहँदै आएको थियो। मिश्रलगायत १५ सदस्यीय सचिवालयको बहुसंख्यक टिम विवेकशीललगायतका मन र विचार मिल्ने पार्टीहरूसँग एकीकरण गरेर अगाडि बढ्ने पक्षमा छन्।

सुदूर पश्चिममा राम्रो प्रभाव भएका गोपी हमाल र नयाँ शक्ति छोडेर आएका केशव दाहालसहित सचिवालयका अरू सदस्यले मिश्रलाई साथ दिएका छन्।आचार्य-खनालले भने पार्टी पुनर्गठनका लागि संयोजकमात्र राखेर पार्टीका सबै समितिहरू भंग गर्ने प्रस्ताव राखेका थिए।यसरी समिति भंग गरिसकेपछि देशव्यापी छलफल र परामर्श गरेर पार्टी पुनर्गठन गर्ने उनीहरूको सुझाव थियो। असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गर्‍यो।उक्त निर्णय भएपछि नै आचार्य-खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै आफूहरू पार्टीबाट बाहिरिने बताएका थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...