Thursday 30th July 2026

होला त कांग्रेस महाधिवेशन फागुनमा ?


नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित पूर्ववत सबै कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य सबै तालिका संशोधन गरेको हो ।

असार १४ गतेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । माघ १४ गतेको केन्द्रीय समितिले तय गरेको पूर्वर्निधारित कार्यतालिकामा कत्तिमा दुई महिना संशोधन गरिएको छ ।तर, संशोधित कार्यतालिका अनुसार कार्यसम्पादन हुनेमा कांग्रेस नेताहरूले नै आशंका व्यक्त गरेका छन् ।

असार १४ गते बसेको पदाधिकारी बैठकले तयार गरेको कार्यतालिकालाई केन्द्रीय समितिले अनुमोदन गरेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । पदाधिकारी बैठकले तयार गरेको प्रस्तावमा संगठन समायोजनको काम सक्ने समय अवधि भने साउन १० गतेसम्मका लागि थप गरिएको छ ।

एकातिर कोरोना भाइरसको जोखिम बढ्दै गएको छभने अर्कोतिर फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन । संशोधित कार्यतालिका अनुसार साउन १० गतेभित्र संगठन समायोजनको काम सक्ने भनिएको छ । तर, आन्तरिक विवादका कारण अझै २६ जिल्लाको संगठन समायोजनको काम बाँकी छभने ५१ जिल्लाको मात्र समायोजनको काम सकिएको छ अहिलेसम्म । थपिएको समयमा पनि विवादित जिल्लाको समायोजनको काम सकिने अवस्था छैन ।

केराना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा पूर्व नै कांग्रेसले संगठन समायोजनको काम सकेका ४० जिल्लामा क्रियाशील सदस्यता फारम लगेका छन् । तर, ती जिल्लाहरूले पनि अझै सदस्यता वितरणको काम सुरु भएको छैन ।

कांग्रेस महाधिवेशनका लागि सबैभन्दा पेचिलो विषय नै सदस्यता वितरण र नविकरण हो । महाधिवेशनको पूर्वाधार मात्र नभएर गाउँ देखि केन्द्रसम्मको नेतृत्व चयनको आधार नै क्रियाशील सदस्यता भएकाले त्ययसलाई आफ्नो पक्षमा पार्न नेताहरू सक्रिय रहने गर्दछन् ।

कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । संशोधित कार्यतालिका अनुसार पुस ८ गते,गाउँ÷नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्र पुस १३ गतेका लागि तय भएको छ । कात्तिक २५का लागि तय भएको जिल्ला अधिवेशन पुस १६ गते गर्ने निर्णय गर्दै कांग्रेसले प्रदेश अधिवेशन माघ ६ गतेका लागि प्रस्ताव गरिएको छ । यसअघि प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने कांग्रेसले निर्णय गरेको थियो ।

हिमाली जिल्लाहरूमा उक्त समयमा अधिवेशन गर्न सम्भव नहुने केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।तर, पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल दुबै महाधिवेशनको मिति सारेको अवजस लिन तयार नभएका कारण अन्तिम मिति कायमै रहेको जानकारी दिंदै एक केन्द्रीय सदस्यले भने, ‘फागुनमा महाधिवेशन सम्भव छैन तर पनि अहिलेलाई अन्तिम मिति कायमै राखिएको छ ।’

-नागरिक न्युजबाट

सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...