Thursday 10th September 2026

गुलाबको फूल चुमौँ -हरि शर्मा (सुवेदी)


गुलाबको फूल चुमौँ
*****************
लोक छन्द- सवाई
***********************
महान जो छ पुरुष त्यहाँ बिचारले ब्यस्त ।
मध्यम मान्छे घटनालाई हावी बनाउँछ ।
अधम भने अरुको नै कुरा काटी हिँड्छ ।
अरुको दोष खोज्नमा नै उसको जीवन बित्छ ।१।

गुलाबको फूल चुमौँ काँडा हेर्ने हैन ।
दोष बिना कुनै चीज यो धर्तिमा छैन ।
कृष्णको नि भएको हो गोठालोको जन्म ।
शिव पनि लगाउँछन मसानको भष्म ।२।

चन्द्रमामा दागै छ नि हेर्नु भाको होला ।
जे जे मिल्यो उही खाने अग्निको नि चोला ।
मैला धैला बगाएर नदी पनि बग्छ ।
कालको छैन भेदभाव सबैलाई लग्छ ।३।

मान्छे मात्रै किन यस्तो आफ्नै भुँडी भर्ने ।
अरुको भाग खोस्न भनी अघि पछि सर्ने ।
बाचौँ बचाउँ गरे पनि राम्रो हुन्थ्यो होला ।
मरी आखिर लानु के छ नश्वर यो चोला ।४।

हरि शर्मा(सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...