Sunday 18th January 2026

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा, प्रचण्ड निवासमा खनाल, नेपाल र गौतमको बैठक


तितोपाटी डटकम-स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्।

शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ।

शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका छन्। भेटवार्ता के विषयमा भएको भन्ने खुलाइएको छैन।

यही बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ओलीइतरका नेकपा शीर्ष नेता छलफलमा जुटेका छन्। प्रचण्ड निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेको स्रोतले जानकारी दियो।

यस्तै प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ७ बजे बालुवाटारमा मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई बोलाएका छन्। एक मन्त्रीले दिएको जानकारीअनुसार उक्त बैठक औपचारिक भने होइन।

नेकपा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र पछिल्लो विवाद देखिएको हो।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका दिन लिम्पियाधुरासहित समावेश गरेको नक्सा जारी गरेपछि भारतीय राज्य प्रशासन संयन्त्र आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर नेकपाभित्रै विवाद छ।

साभार-सेतोपाटी डटकम-फोटो पुरानो फाइल हो। (सन्जिब बगाले)


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...