Wednesday 16th September 2026

चार्टर उडानको भाडा वृद्धि आधिकारिक होइन-नेपाली राजदूताबास कुवेत


हरि कृष्ण न्यौपाने-समास्यामा परेर नेपाल फर्कनै पर्ने अबस्थामा कुवेतमा रहेका नेपाली नागरिकहरुलाई हिमालय एयर्लाइन्स मार्फत हुने चार्टर उडान भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम अमेरिकन डलर ४१० (१२६ केडि) मात्र रहेको र भाडा वृद्धि भएको कुरा आधिकारिक नभएको नेपाली राजदूतावास कुवेतले जनाएको छ।

हिमालय एयरलाइन्सको टिकट बेच्ने अनुमती पाएको कुवेतमा रहेको अल वासित ट्राभल एन टुर्सले हिजो जुन-२१ तारिक,२०२०का दिन प्रकाशित गरेको बिज्ञापनमा चार्टर उडान भाडा १९० केडि (कोरोना भाइरस टेस्ट समेत)भएको बताए पछि कुवेतको नेपाली समाजका अभियन्ताहरुले चर्को बिरोध गर्दै समाजिक सन्जालमा आक्रोश पोखेका थिए।
कुवेतका लागि नेपाली महामहिम राजदूत दुर्गा प्रसाद भन्डारीले तितोपाटि डटकम संग भने” नेपाल सरकारले निर्धारण गरेको भाडा दर अनुसार राजदूताबासले जुन-१८,२०२० का दिन प्रकाशित सुचनाको बुँदा नं-२ मा तोकिएको भाडादर अमेरिकन डलर ४१० (१२६ केडि) आधिकारिक हो।यस भाडा वृद्धिसंग जोडिएर गरिएको कुनै पनि प्रचारहरुमा नेपाली राजदूताबासको सहमती वा सम्लग्नता छैन।कोरोना परिक्षणको बारे यहाँको सम्बन्धित निकायहरू संग सहजताको लागि कुरा भैइरहेको र कुनै निर्णय भएपछि राजदूताबासले सुचना मार्फत जानकारी गराउने छ।”

यसै बिच हिमालय एयरलाइन्सको कुवेतको लागि प्रतिनिधि तोकिएका निरज शर्माले तितोपाटी डटकम संग भने” सरकारले दिएको आधिकारिक भाडादरनै हाम्रो भाडादर हो।मैले भर्खरै कुवेतमा रहेको ट्राभलसंग कुरा गरिसके उहाँहरुले हाम्रो हिमालय एयरलाइन्सबारे गरिएको बिज्ञापन सुधार्नु हुनेछ ।सबैलाइ हामी सरकारले तोकिए भन्दा बढी भाडा दर नलिने प्रतिबद्धता ब्यक्त गर्दछौ।” नेपाली राजदूताबास कुवेतले भाडादर वृद्धि बारे निलालेको सुचना जस्ताको तस्तै:

जरूरी सूचना
हालै सामाजिक संजालमा हिमालय एयरलाइन्सको उडान भाडा १९० कुवेती डिनार रहेको जसमा कोरोना जाँच समेत गरिने भनी प्रचार गरिएको बुझिन आएको छ । यस सम्बन्धमा दूतावासको कुनै भूमिका नरहेको तथा दूतावासद्वारा सूचित आधिकारिक सूचनामा उक्त जानकारी कहि कतै उल्लेख समेत नभएको दूतावास प्रष्ट पार्न चाहन्छ । साथै, यस्ता भ्रामक समाचारहरूको पछि नलाग्नहुन तथा दूतावासको आधिकारीक सूचनालार्इ मात्र विश्वास गर्नुहुन दूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।
नेपाली राजदूतावास, कुवेत
मिति २०७७।०३।०८ (तदनुसार २२ जून २०२०)


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...