Wednesday 14th October 2026

कुवेतमा अब १५ बर्ष भन्दा धेरै बस्न नपाउने


तोयानाथ उपेक्षित, कुवेतमा यहाँको संसदिय समितीले डेमोग्राफी ईम्ब्यालेन्स मिलाउन विदेशीहरुको जनसंख्या घटाउने नयाँ प्रस्ताव गरेको छ उक्त प्रस्तावमा कुनै पनि आप्रवासीले भिषा नविकरण गरेर बढीमा १५ बर्ष भन्दा धेरै बस्न पाउने छैनन यसरी नै उमेर ६० पुगे पछि पनि अनिवार्य रुपमा कुवेत छाड्न पर्ने छ ।

यसरी नै प्रस्तावित मास्टर प्लानमा भनिएको छ आवासिय कानूनमा कुनै परिवर्तन गर्न पाईने छैन । विदेशीहरुलाई कति संख्यामा आउन दिने भनेर कोटा प्रणाली लागु गरिने छ । भिजिट भिषा वा फेमेली तथा घरेलु लगायतका कुनै पनि भिषा वर्क परमिट भिषामा रुपमान्तरण गर्न पाईने छैन । यहाँ सम्म की सरकारी क्षेत्रमा काम गर्नेहरुले समेत निजी क्षेत्रमा जान पाउने छैनन । यसरी नै विभिन्न सरकारी शुल्कमा पनि बृद्धि गर्ने प्रस्तावमा उल्लेख गरिएको छ । समग्र जीसीसीमा हाल विदेशीहरुको जनसंख्या ६३ प्रतिशत रहेको छ ।

कुवेतमा १ दशमलब ४ मिलियन कुवेतीको जनसंख्या छ भने ३ दशमलब २ मिलियन विदेशी रहेका छन ।
श्रोत अलराई


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...