Tuesday 3rd November 2026

साइबर प्रहरी बनेर ठगी, कुवेती नागरिकको करिब ११ हजार दिनार चोरी


कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती दिनार गुमाएका छन्।

फोन गर्ने व्यक्तिले पीडितको बैंक खाता ह्याक भएको भन्दै रकम सुरक्षित गर्न नयाँ बैंक कार्डको व्यवस्था गरिदिने विश्वास दिलाएका थिए। पछि पीडितको जानकारी तथा अनुमतिबिना पाँचवटा कारोबारमार्फत खाताबाट रकम निकालिएको पाइएको छ।

उजुरीपछि सरकारी अभियोजन कार्यालयले घटनालाई गम्भीर आपराधिक मुद्दाका रूपमा दर्ता गरी संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि अनुसन्धान गर्न निर्देशन दिएको छ।

अधिकारीहरूले बैंक वा सुरक्षा निकायका कर्मचारी भएको दाबी गर्ने अपरिचित व्यक्तिलाई बैंक विवरण, कार्डसम्बन्धी जानकारी वा भेरिफिकेसन कोड फोनबाट नदिन सर्वसाधारणलाई सचेत गराएका छन्।
तस्बिरः AI


सम्बन्धित शीर्षकहरु

अमेरिकी राजनीतिक टिप्पणीकार टकर कार्लसनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही दिनभित्रै इरानमाथि परमाणु आक्रमण गर्न सक्ने दाबी गरेका छन्। उनले…

ओरोमिया क्षेत्रमा घरघरमा पसेर गोली र चक्कु प्रहार; २० भन्दा बढी घरमा आगजनी, सामूहिक चिहानमा ३३ शव भेटिएको प्रमाणित अदिस…

कतारको मध्यस्थतामा तीन दिनसम्म छलफल; सम्झौताको मस्यौदा सुझावका लागि विभिन्न पक्षलाई पठाइयो, अर्को चरणको वार्ता सम्भव दोहा, २ नोभेम्बर। इरान…

प्रतिकृयाहरू
...