Saturday 20th June 2026

कुवेतबाट नेपाली बोकेर उडेको पहिलो जहाज नेापल आइपुग्यो


तितोपाटी – कुवेत सरकारबाट नेपालको लागि एम्नेष्टी फ्लाइट गर्ने अनुमित पाएको जजिरा एयरको पहिलो जहाज काठमाण्डाैंमा अवतरण भएको छ । १ सय ५७ जना यात्री बोकेको जजिरा एयरको जहाज नेपाली समय अनुसार बिहिबार बिहान ११ः३० बजे काठमाण्डाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । जजिरा एयरकाे जे ९१५४१ नम्बरको जहाज कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे उडेको थियो ।

गत अप्रिल २६ देखि ३० तारिक सम्म कुवेत सरकारले दिएको विशेष आममाफीको सदुपयोग गरेर कुवेत सरकारको डिपोर्टेसन सेल्टरमा रहेका नेपाली नागरिकहरूलाइ नेपाल फर्काउन नेपाल सरकारले अनुमति दिएपछि पहिलो लटमा महिला कामदारहरू आएका हुन् । दोश्रो जहाज बिहिबार दिउँसो अवतरण हुनेछ । उनीहरूलाइ बुधबार राती सेल्टरबाट विमानस्थलमा ल्याइ विमानमा चढ्नु अघि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको कोभिड-19 भए नभएको स्वास्थ्य परिक्षण गरिएको थियो ।

गत अप्रिल अन्तिम साता देखि डिपोर्टेसन सेन्टरमा रहेका नेपाली नागरिकहरूलाइ कुवेत सरकारको आफ्नै खर्चमा नेपाल कर्काउने भए पनि कोभिड-19 को विश्वव्यापी महामारीको कारण नेपालमा लकडाउन भएकोले उडान हुन सकेको थिएन भने नेपाल सरकारले विदेशमा अलपत्र परेका नागरिकहरूलाइ उद्दार गरि स्वदेश फर्काउने प्रकृया पुरा गरि अनुमति दिएपिछ बिहिबार उनीहरू नेपाल उत्रेका हुन् । कुवेत सरकारको सेल्टरमा जम्मा २ हजार ९ सय ९१ नेपाली रहेका छन् ।

यस अघि कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएपछि बुधबार नै उडान हुने भनिएकोमा प्राविधिक कारणले कुवेतबाट उडान हुन सकेको थिएन । सरकारले विदेशमा अलपत्र परेका अाफ्ना नागरिक स्वदेश फर्कनको लागि चार्टड उडानको अनुमति दिएपछि यस अघि म्यानमार, युएइ तथा अष्ट्रेलियाबाट करिब २ सयको हाराहारीमा नेपालीहरू स्वादेश फर्किसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...