Saturday 12th September 2026

नेपालमा कोरोना अपडेटः २१३ जना नयाँ संक्रमित, थप १०२ जना डिस्चार्ज


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०२ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३४४८ पुगेको छ भने अहिलेसम्म ७१ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल २९६८ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार अाइतबार सम्म कुल ४६७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि ९६,२०५ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १ लाख ४५ हजार ४९ जनाको परिक्षण गरिएको छ भने  क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७० लाख ५ हजार भन्दा बढि संक्रमित भइ ३४ लाख २७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख २ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...