Tuesday 11th November 2025

कुवेतमा घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने चार नेपाली पक्राउ


तितोपाटी डटकम- कुवेतको अल-आदान भन्ने स्थानमा कुवेत प्रहरीले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने चार नेपाली नागरिकहरुलाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा दुई महिला पनि रहेका छन।उनीहरुको परिचय भने गोप्य राखिएको छ।

कुवेतको अनलाइन पोर्ट आइमान माटले जुन-०६,२०२० शनिबार प्रकाशित गरेको समाचारका अनुसार ठुलो मात्रामा बिक्रीका लागि तयार पारीएको मदिरा सहित उनिहरुलाई पक्राउ गरेको हो।मदिरा उत्पादन कारखानाबाट २७७ वटा ब्यारेल (ड्रम),२९ वटा ब्याग,मदिराका बोतलहरु अनि मदिरा उत्पादनमा प्रयोग गरिने विभिन्न उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरि कानुनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाईएको छ।

कुवेतमा मदिरा सेबनलाई निषेध गरिए पनि यहाँ कार्यरत केही नेपालीहरुले मदिरा सेबन मात्र होइन, उत्पादन र बिक्री बितरण समेत गर्ने गरेका छन।जसले कुवेतमा रहेका नेपालीहरुको प्रतिष्ठामा प्रतिकुल असर पारिरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...