Tuesday 21st July 2026

कुवेतमा घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने चार नेपाली पक्राउ


तितोपाटी डटकम- कुवेतको अल-आदान भन्ने स्थानमा कुवेत प्रहरीले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने चार नेपाली नागरिकहरुलाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा दुई महिला पनि रहेका छन।उनीहरुको परिचय भने गोप्य राखिएको छ।

कुवेतको अनलाइन पोर्ट आइमान माटले जुन-०६,२०२० शनिबार प्रकाशित गरेको समाचारका अनुसार ठुलो मात्रामा बिक्रीका लागि तयार पारीएको मदिरा सहित उनिहरुलाई पक्राउ गरेको हो।मदिरा उत्पादन कारखानाबाट २७७ वटा ब्यारेल (ड्रम),२९ वटा ब्याग,मदिराका बोतलहरु अनि मदिरा उत्पादनमा प्रयोग गरिने विभिन्न उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरि कानुनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाईएको छ।

कुवेतमा मदिरा सेबनलाई निषेध गरिए पनि यहाँ कार्यरत केही नेपालीहरुले मदिरा सेबन मात्र होइन, उत्पादन र बिक्री बितरण समेत गर्ने गरेका छन।जसले कुवेतमा रहेका नेपालीहरुको प्रतिष्ठामा प्रतिकुल असर पारिरहेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...