Saturday 12th September 2026

नेपालमा कोरोना अपडेटः सोमबार मात्रै २२६ जना थपिए, कुल संक्रमित १७९८ पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा सोमबार मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा अहिलेसम्म कोभिड-19 संक्रमितको कुल संख्या १ हजार ७ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अहिलेसम्म २२१ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् भने ८ जनाको ज्यान गएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार सोमबार सम्म नेपालका ५९ जिल्लामा कोभिड-19 फैलिसकेको छ भने पछिल्लो २४ घण्टामा जम्मा १ जना मात्रै कोभिड-19 बाट निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९ सय ३ र आरडीटी विधिबाट १लाख १३ हजार ७५७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडीटी विधिबाट २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६२ लाख ९१हजार भन्दा बढि संक्रमित भइ २८ लाख ६२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ७४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...