Friday 16th January 2026

नेपालमा कोरोना अपडेटः सोमबार मात्रै २२६ जना थपिए, कुल संक्रमित १७९८ पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा सोमबार मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा अहिलेसम्म कोभिड-19 संक्रमितको कुल संख्या १ हजार ७ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अहिलेसम्म २२१ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् भने ८ जनाको ज्यान गएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार सोमबार सम्म नेपालका ५९ जिल्लामा कोभिड-19 फैलिसकेको छ भने पछिल्लो २४ घण्टामा जम्मा १ जना मात्रै कोभिड-19 बाट निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९ सय ३ र आरडीटी विधिबाट १लाख १३ हजार ७५७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडीटी विधिबाट २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६२ लाख ९१हजार भन्दा बढि संक्रमित भइ २८ लाख ६२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ७४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...