Friday 11th September 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४४ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक १७ जनामा संक्रमण पुष्टि भए सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ।

नेपालभर संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४५ जना निको भएका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...