Thursday 23rd April 2026

कुवेतमा पछिल्ला २० दिनमा ९८ को मृत्यु, १३,५४४ मा संक्रमण


तोयानाथ उपेक्षित, कुवेतमा कोभिड १९ को तिब्र संक्रमणका कारण पछिल्ला २० दिनमा ९८ जनाले ज्यान गुमाएका छन भने १३,५४४ जनामा संक्रमण भएको छ ।

गत फेब्रवरी २४ मा तीन जनामा कोभिड १९ देखिए पछि यसलाई रोक्न कुवेतले चालेका अनेकौ उपायहरुका बाबजुद संक्रमण रोकिएको छैन । बरु कुवेतभर २४ घण्टे लकडाउनका वितेका १० दिनमा संक्रमण हुने र मृत्यु हुनेको संख्या विगतका सवै दिनको भन्दा धेरै देखिएको छ । कुवेतले मई महिनाको १० तारिकबाट ३० तारिकसम्म २१ दिनका लागि पूर्णकालिन कफर्युको घोषणा गरेको आज १० दिन पुरा भएको छ । बाकी १० दिनमा यसलाई नियन्त्रणमा लिएर जुनबाट सामान्य अवस्थामा कुवेतलाई फर्काउने लक्ष्य पछिल्ला दिनको संक्रमणको तिब्रताले पुरा हुन दिन्छ भन्ने देखिंदैन ।

पूर्णकालिन लकडाउनका १० दिनलाई हेर्दा कुवेतमा संक्रमित हुनेको संख्या ९,९४५ छ यो भनेको दैनिक जसो सरदर १००० का दरले संक्रमित हुने गरेका छन । यीनै दश दिनमा ७५ जनाले ज्यान गुमाएका छन ।

फ्रेब्रवरी २४ मा कुवेत प्रवेश गरेको कोभिड १९ बाट मार्चको १४ सम्म आई पुग्दा मात्र १०४ जना संक्रमित भएको देखिन्छ मार्चका बाँकी १५ दिनमा थप १८५ जनामा फैलियो अर्थात फेब्रवरीका ४ दिन र मार्च महिना पुरै अवधीमा कुवेतमा २८९ जनामा सिमित थियो । अप्रिल महिनामा ३७३५ मा संक्रमित भयो । अप्रिलको ४ तारिकका दिन कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । उनी पहिला मृतक हुन । त्यसपछि अप्रिलको पुरा अवधीमा मृत्यु हुनेको संख्या २६ पुग्यो ।

मई महिनामा कोभिड १९ को तिब्र संक्रमण र मृत्यु हुनेको संख्या थपिन थाल्यो र यो क्रम जारी छ । आज मई २० तारिक सम्म आईपुग्दा कुवेतमा संक्रमितको संख्या १७,५६८ छ भने १२४ जनाको ज्यान गईसकेको छ । कुवेतले हाल सम्म २ लाख ५६ हजार ३१४ जनाको टेस्ट गरिसकेको छ । यहाँको कुल जनसंख्या ४२ लाख ६३ हजार २० हो ।

कुवेतमा सबै भन्दा धेरै संक्रमित हुने भारतीय नागरिकको संख्या छ । त्यसपछि क्रमस कुवेती, ईजिप्सियन र बंगलादेशी रहेका छन । नेपालीहरु कति संक्रमित छन भन्ने सार्वजनिक गरिएको छैन । केही साता अगाडीको एक तथ्यांकमा ८४ जना नेपाली भएको देखाईएको थियो त्यसयता मुख्य ४ देश बाहेकको संख्यालाई अन्यमा राखेर कोभिडको अपडेट दिने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...