Friday 16th January 2026

नेपालमा कोरोना संक्रमित बढ्दो, संक्रमितको कुल संख्या ३०४ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दो छ । सोमबार बिहान मात्रै पनि थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ३०४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो ।

सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठजना रौतहटका हुन भने बाराका एकजना ३८ वर्षीय पुरूष पनि सङ्क्रमित भएका छन्। बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

नेपालमा अहिलेसम्म दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...