Friday 11th September 2026

नेपालमा कोरोना संक्रमित बढ्दो, संक्रमितको कुल संख्या ३०४ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दो छ । सोमबार बिहान मात्रै पनि थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ३०४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो ।

सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठजना रौतहटका हुन भने बाराका एकजना ३८ वर्षीय पुरूष पनि सङ्क्रमित भएका छन्। बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

नेपालमा अहिलेसम्म दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...