Monday 27th July 2026

नेपालमा कोरोना संक्रमित २५८ पुगे, शुक्रबार बिहान मात्रै ९ जनाको संक्रमण पुष्टि


तितोपाटी – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो ।

संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार मकवानपुरका एकजना ३६ वर्षिय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ भने बाँकी अन्य सबै १८ देखि ३६ वर्षिय पुरुषहरू बाँके जिल्लाको नैनापुरका हुन्।

उनीहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डू र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर अहिले सम्म ४५ लाख भन्दा बढी कोरोना सक्रमित भएका छन्, १७ लाख ७ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरेका र ३ लाख  ३ हजार भन्दा बढिको ज्यान गइसकेको छ भने नेपालमा अहिले सम्म कोरोना भाइरसको कारण ज्यान गएको छैन ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...