Tuesday 23rd September 2025

नेपालमा कोरोना संक्रमित २५८ पुगे, शुक्रबार बिहान मात्रै ९ जनाको संक्रमण पुष्टि


तितोपाटी – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो ।

संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार मकवानपुरका एकजना ३६ वर्षिय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ भने बाँकी अन्य सबै १८ देखि ३६ वर्षिय पुरुषहरू बाँके जिल्लाको नैनापुरका हुन्।

उनीहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डू र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर अहिले सम्म ४५ लाख भन्दा बढी कोरोना सक्रमित भएका छन्, १७ लाख ७ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरेका र ३ लाख  ३ हजार भन्दा बढिको ज्यान गइसकेको छ भने नेपालमा अहिले सम्म कोरोना भाइरसको कारण ज्यान गएको छैन ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...