Saturday 20th December 2025

युएईका नेपाली फर्काउने समाचारमा सत्यता छैन : दूतावास


तितोपाटी- आबुधाबीस्थित नेपाली राजदूतावासले केही सञ्चार माध्यममा युएईमा कार्यरत नेपालीलाई नेपाल फर्काउने भन्ने विषयमा आएका समाचारमा सत्यता नभएको प्रष्ट पारेको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले युएईमा कार्यरत नेपाली कामदार सामूहिक रुपमा फर्काइन सक्ने भनी दूतावासकै नाम जोडेर प्रकाशित भएका उक्त समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सो कुरामा सत्यता नभएको उल्लेख गरेको हो।विज्ञप्तिमा भनिएको छ‚ ‘केही अनलाइन सञ्चार माध्यमहरुमा संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीहरुलाई सामूहिक रुपमा नेपाल फर्काइन सक्ने भन्ने समाचार प्रकाशित भएको र त्यसमा नेपाली राजदूतावास‚ आबुधाबीको समेत नाम जोडिएकोमा यस दूतावासको ध्यानाकर्षण भएको छ।’

उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै दूतावासले प्रेस विज्ञप्तिमार्फत भनेको छ‚ ‘सो समाचारमा सत्यता नभएको बेहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं।’


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...