Monday 29th December 2025

अर्घाखाँचीमा भारी हिमपात जनजीवन कष्टकर


तितोपाटी- अर्घाखाँची जिल्लामा शनिबार साँझदेखि परेको अविरल बर्षा संगै भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

हिजो शुक्रवार देखी परेको हिमपातले जिल्लाका उच्च पाहाड खाँचिकोट मैदान, नरपानी, बागमारा, गौचोर, लगायत अन्य स्थानहरूमा भएपछी जनजीवन प्रभावित भएको हो।

वर्षा संगै भारी हिमपातले कृषकमा निराशा छाएको छ। यो वर्ष चैत्र महीनामा परेको हिमपातले हरियो तरकारीमा ठुलै असर पुग्ने बताउदै बारीमा रहेको हरियो साग सब्ज़ी हाल सम्म घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । त्यस्तै हिमपातले जिल्लाबासीहरूलाई आवतजावत गर्न समस्या बनाएको छ ।

हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चैत्र महीनामा हिमपात परेपछी स्थानीय अचम्मित परेका छन।

हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्कबिहीन छ । तर हिमपातका दृश्य हेर्न लायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् । हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोले अर्घाखाँचीको जनजीवन कष्टकर बनेको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...