Tuesday 29th September 2026

कोरोना प्रभाव आठ देशमा श्रम स्वीकृति रोकियो


तितोपाटी- वैदेशिक रोजगार विभागले कोरोना प्रभावित देशहरूमा श्रम स्वीकृति दिन बन्द गरेको छ विभागकाअनुसार आठ भन्दा बढी देशहरूमा श्रम स्वीकृति बन्द गराइएको हो ।

सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स, कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिएको विभागले जनाएको छ । ‘सर्वोच्चले नपठाउनेको देशमा मंगलबारबाट नै श्रम स्वीकृत रोकिन्छ, जीटुजी भएका देशमा त हामीले हिजो नै रोकिसकेका थियौ’ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले शिलापत्रसँग भने भने ‘अन्य देशमा पनि के गर्ने भन्ने विषयमा हामीले आज छलफल गरेर निर्णय लिन्छौँ ‘दाहालले तत्कालको लागि पूर्ण श्रम स्वीकृति रोक्न सक्ने संकेत गरेका छन् । ‘हामीले पठाएर मात्रै भएन उताबाट फिर्ता आउने भनेफछि यस विषयमा हामीले उपयुक्त निर्णय लिनुपर्छ,’ दाहालले भने ।

वैदेशिक रोजगारीका लागि यूएई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता गराएको थियो ।विश्‍व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेसँगै सरकारले सतर्कता बढाएको छ । यसबीचमा सरकार भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ भने सगरमाथा संवाद नगर्ने निर्णय लिएको छ ।विभिन्न देशहरूमा सिधा उडान नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सरकारले विमानस्थलमा सतर्कता बढाएको एयरपोर्ट कन्ट्रोलले जनाएको छ ।-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...