Thursday 13th November 2025

कतारको मर्कुरी मेना कम्पनीबाट तलब नपाएका श्रमिकलाई सम्पर्कमा आउन विभागको अपिल


तितोपाटी- वैदेशिक रोजगार विभागले कतारस्थित मर्कुरी मेना इलेक्ट्रोमेकानिकल कम्पनीबाट तलब विना नेपाल फर्किएका ३३ जना श्रमिकलाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

कतारमा नेपाली कामदारहरुले सो कम्पनीबाट सेवा शर्त बमोजिमको तीन देखि ६ महिनासम्म काम गरेबापतको तलब भत्ता नपाएकोमा विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित कम्पनीबाट कतारी रियल दईु लाख पचासी हजार भुक्तानी गर्ने निर्णय भएको थियो ।
सो रकम वैदेशिक रोजगार विभागको समन्वय र सहजीकरणमा काठमाडौंस्थित कतारी राजदतुावासमार्फत भुक्तानी गरिने भएकोले २० माघदेखि ७ दिनभित्र अर्थात् २७ माघसम्म विभागको सम्पर्कमा आउन भनिएको छ ।
वैदेशिक रोजगारीका लागि नेपालबाट संस्थागत रुपमा प्याराडाइज इन्टरनेसनल प्रालि, वल्डभिजन इन्टरनेसनल म्यानपावर सर्भिस प्रालि, अल एसिया इन्टरनेसनल प्रालि, रकी इन्टरनेसनल प्रालि, स्काईवेज व्युरो सर्भिस प्रालिमार्फत तथा व्यक्तिगत पहलमा श्रम स्वीकृतिमा गएका ३३ जनालाई सम्पर्कमा आउन विभागले अनुरोध गरेको हो ।

प्रत्येक निवेदकहरुले आआफ्नो बैंक खाताको विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिसहित वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं, श्रम तथा रोजगार कार्यालयहरु- विराटनगर, जनकपुर, पोखरा, बटुवल, सुर्खेत र धनगढीमा सो विवरणहरु उपलब्ध गराउन विभागले भनेकाे छ । शिलापत्र बाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...