Wednesday 11th March 2026

कुवेतबाट क्यान्सर पीडित प्रिती भन्छिन-मलाई बचाउन सहयोग गर्नुस


हरि कृष्ण न्यौपाने – घरेलु महिला कामदारको रुपमा करिब २ बर्ष अघि भारत हुदै कुवेत आएकी गोरखा आरुघाटकी २२ बर्षिय प्रिती गुरुङ रक्त क्यान्सर पीडित भएर कुवेतको अस्पतालमा जीवन मरणको दोषाधमा छिन।गत सेप्टेम्बरमा एपेन्डिसाइटिस भए पछि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा एपेन्डिसाइटिसको अप्रेशन पछि आफूलाइ रक्त क्यान्सर पनि भएको डक्टरहरुले बताए।त्यस पछि कुवेतको सुयोख स्थित सेखबदरी क्यान्सर अस्पतालको वार्ड-५ अनि बेड नं-१०मा राखिएको बताउदै गुरुङ भन्छिन,”मलाई सके सम्म छिट्टै घर पठाउने ब्यबस्था मिलाउदै उपचारको लागि सहयोग गर्न अनि मलाइ बचाउन सबैलाई अनुरोध गर्दछु।”

तितोपाटी डट कमसंग कुरा गर्दै प्रितीले भनिन “२०-२५ दिनमा किमो दिन्छन, अहिले डाक्टरले सकेसम्म आफ्नै बंशज बुबा, आमा, दाइ-भाइ वा दिदी-बहिनिको रगत दिन पर्छ भनेका छन।डक्टरले २४ जनावरीमा किमो दिएको थियो अब रिपोर्ट राम्रो आए नेपाल गएर उपचार गराउन राम्रो हुने उनिहरुले बताएका छन।उनी थप्छिन”अहिले सम्म साहु-साहुनीले सहयोग गरिरहेका छन।कहिले काहीँ आउछन वा फोन गर्छन।केही चाहियो भने ल्याइदिन्छन।विदेशमा अरु को छर आफ्नो भन्ने?? अब नेपाल पठाउन सहयोग गरे उतै आमाको हेरचाहमा उपचार हुन्थ्यो कि?”

सानैमा बुबाले आमालाई छोडिदिएको बताउने प्रिती भन्छिन” बुबालाई देखे पनि चिन्दिन होला।उहाँ अहिले पोखरा तिर हुनुहुन्छ भन्ने सुनेको छु। नभेटेको १४ बर्ष भयो।भाइ गाउँमै छ। आमा र अंकल काठमान्डौमा छन।उनीहरुलाई सहयोग गर्न कुवेत आएँ उल्टै उनिहरुलाई सहयोग मागिरहेकी छु।आमाले नआत्ती बस सबैलाई अनुरोध गरेर भए पनि छिट्टै नेपाल झिकाउने भनी रहनु भएको छ तर खोइ घर फर्किने कहिले होला?? ” प्रितीले भनिन ” कुवेतमा धेरै नेपाली संघ-संस्थाहरु अनि सहयोगीहरु छन भन्ने सुने मलाई सके सम्म छिटो घर पठाउन सहयोग गर्न सबैलाई अनुरोध गर्दछु।”

यसै बिच नेपाली राजदूतावासका तृतीय सचिब मनोज कुमार सिंहले प्रिती गुरुङको अबस्था बुझेर नेपाली राजदूतावासले गर्नु पर्ने प्रकृयाहरुमा सम्भब भए सम्मको आबश्यक सहयोग गर्ने बताएका छन।
रक्त क्यान्सर पीडित प्रिती गुरुङको अबस्था थाहा पाए पछि उनको सहयोगमा हातेमालो गर्न एनआरएनए कुवेत तथा कुवेतमा रहेका सबै नेपाली संघ-सस्थाहरुलाई कल्याणकारी यूबा समाजका अध्यक्ष निरज सिंह ठकुरी तथा सांस्कृतिक बिभाग प्रमुख गायक राजु थापाले अनुरोध गरेका छन।

प्रिती गुरुङलाई सहयोग गर्न चाहनेहरुले निरज सिंह ठकुरीको मोवाइल नं.-६०४४७२९५ र राजु थापा मोबाइल नं-६६९५२३३४ मा सम्पर्क गर्न सक्नु हुनेछ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...