Thursday 10th September 2026

वैदेशिक रोजगारीका लागी पुसमा मात्रै ५२ हजार नेपाली श्रमिकले देश छोडे


तितोपाटी-वैदेशिक रोजगारीका लागि पुस महिनामा मात्रै ५२ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । संस्थागत, रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना वैदेशिक रोजगारीमा गएका हुन् ।

पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिएकामध्ये धेरै मलेसिया गएका छन् ।
गत महिना ७ हजार ८ सय ४१ जना मलेसिया गएका थिए । नेपाली कामदार मलेसियापछि बढी साउदी गएका छन् । पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको छ भने कतार जानेको संख्या ४ हजार ८ सय २२ छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजारभन्दा बढी नेपाली विदेशिएका छन् । विभागले सार्वजनिक गरेको साउन महिनादेखि पुससम्म ६ महिनाको रेकर्डअनुसार रोजगारीका लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली विदेशिएका हुन् ।-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...