Thursday 13th November 2025

एक वर्षमा यूएई पुगेका १सय ३ जना नेपालीले ज्यान गुमाए


तितोपाटी-सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन् भने पाँच जनाको हत्या भएको छ ।

त्यस्तै सडक दुर्घटनामा परेर, डुबेर र जलेर २३ जनाको ज्यान गएको दूतावासले जनाएको छ । दूतावासका अनुसार सन् २०१९ मा ज्यान गुमाएका सबैको शव नेपाल पठाइसकेको छ ।

पछिल्लो ७ वर्षमा यूएईमा ४ सय १४ पुरुष र ४३ महिला गरी ५ सय ५७ जना नेपालीको ज्यान गएको छ । सन् २०१८ मा १ सय ७, २०१७ मा ८४, सन् २०१६ मा ६६ र सन् २०१५ मा ६४ नेपाली श्रमिकको ज्यान गएको थियो । त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जना श्रमिकले यूएईमा ज्यान गुमाएका थिए ।

दुर्घटना र जाँडरक्सी पिएर ज्यान गुमाउनेको संख्या बढेको र सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली रहेको तथ्यांकले देखाएको छ ।

दूतावासले नेपाली श्रमिकको मृत्युदरलाई कम गर्न विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दूतावासले अघिल्लो वर्षबाट विभिन्न कम्पनीमा कार्यरत कामदार बस्ने मजदुर क्याम्पमै गएर जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । उज्यालो अनलाईनमा उमकान्त पाण्डेले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...