Thursday 10th September 2026

एक वर्षमा यूएई पुगेका १सय ३ जना नेपालीले ज्यान गुमाए


तितोपाटी-सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन् भने पाँच जनाको हत्या भएको छ ।

त्यस्तै सडक दुर्घटनामा परेर, डुबेर र जलेर २३ जनाको ज्यान गएको दूतावासले जनाएको छ । दूतावासका अनुसार सन् २०१९ मा ज्यान गुमाएका सबैको शव नेपाल पठाइसकेको छ ।

पछिल्लो ७ वर्षमा यूएईमा ४ सय १४ पुरुष र ४३ महिला गरी ५ सय ५७ जना नेपालीको ज्यान गएको छ । सन् २०१८ मा १ सय ७, २०१७ मा ८४, सन् २०१६ मा ६६ र सन् २०१५ मा ६४ नेपाली श्रमिकको ज्यान गएको थियो । त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जना श्रमिकले यूएईमा ज्यान गुमाएका थिए ।

दुर्घटना र जाँडरक्सी पिएर ज्यान गुमाउनेको संख्या बढेको र सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली रहेको तथ्यांकले देखाएको छ ।

दूतावासले नेपाली श्रमिकको मृत्युदरलाई कम गर्न विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दूतावासले अघिल्लो वर्षबाट विभिन्न कम्पनीमा कार्यरत कामदार बस्ने मजदुर क्याम्पमै गएर जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । उज्यालो अनलाईनमा उमकान्त पाण्डेले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...