Friday 23rd October 2026

कियाचु कुवेतले आगामी फेब्रुवरी २८ मा कुवेतमा लिम्बु चलचित्र “साम” प्रदर्शन गर्ने


किरात याक्थुङ चुम्लुङ कुवेतले आगामी फेब्रुवरी २८ मा कुवेतमा लिम्बु चलचित्र “साम” प्रदर्शन गर्ने भएको छ। संस्थाको नवौं वार्षिक उत्सवको अबसर पारेर कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा उक्त चलचित्र प्रदर्शन गरेर किरात याक्थुङ चुम्लुङले नवाैं वार्षिक उत्सव मनाउन लागेको कुरा संस्थाका विशेष सल्लाहकार एवं एनअारएनए कुवेतका वरिष्ट उपाध्यक्ष समेत रहेका हरि लावतीले तितोपाटी डट कमलाइ जानकारी गराएका हुन्।

भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेष–भुषा तथा जातिय पहिचानलाई बचाई राख्ने साथै कुवेतमा रहेका श्रमजीबि लिम्बुहरुलाई एकत्रित गरि भईपरि आएको अवस्थामा साथ सहयोग गर्ने उद्देश्य लिई २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ कुवेतले कुवेतमा रहेका अन्य कृयाशिल संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै मानविय र सामाजिक सेवाका कार्यहरू गर्दै अाएक छ।

नवाैं वार्षिकोत्सव तथा चलचित्र प्रदर्शन कार्यक्रमलाइ हर्षोल्लास र भव्य रूपमा सम्पन्न गर्न कुवेतमा क्रियाशिल संघ संस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरु एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागिता जनाई कार्यक्रमको शोभा बढाइदिनु हुन चुम्लुङकी अध्यक्ष देबि चेम्जोङले अनुरोध गरेकी छिन् ।

कार्यक्रमको विवरणः
मिति : २८ फेब्रुवरी २०२० शुक्रबार
समय : मध्यान्ह १२:०० बजेबाट
स्थान : युनिक अडोटरिम हल, फर्वानिया कुवेत ।

सम्पर्क नम्बरहरु –
देबि चेम्जोङ (अध्यक्ष) – ६६०१९२७५
अर्जुन थेगिम मुईहाङ (सचिव) – ९७४३८६६५ (WhatsApp)
हरि लावती (बिषेश सल्लाहकार) – ९७२७८३७९


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...