Monday 27th October 2025

वैदेशिक रोजगार ऐन पर्याप्त छैन, संशोधन गर्नू : सर्वोच्च


तितोपाटी-सर्वोच्च अदालतले वैदेशिक रोजगार ऐन संशोधन गर्न आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उक्त आदेश दिएको हो। आदेशमा नेपालबाट रोजगारीको खोजीमा विदेशीने कामदारहरुको आधारभूत हकअधिकार, सम्मान तथा संरक्षणमा राज्यबाट केही हदसम्म उपेक्षा भएको भन्दै सो हकअधिकारको सुनिश्चितताका लागि वैदेशिक रोजगार ऐन संशोधन गर्न भनिएको छ।

मन्त्रालयलाई आदेशः विदेशमा मृत्यु भएका कामदारको पोष्टमार्टम गर्नू

सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव ल्याइ पोष्टमार्टम गर्न आदेश जारी गरेको छ। पोष्टमार्टम गरी मृत्युको कारण मृतकका परिवारलाई जानकारी दिन पनि आदेशमा भनिएको छ। त्यस्तै शव पारवहनमा सहजता, बिमा तथा क्षतिपूर्तिसम्बन्धी शर्त एवं परिबन्दका सम्बन्धमा विस्तृत खुलाउन आदेश दिएको छ।


सम्बन्धित शीर्षकहरु

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

प्रतिकृयाहरू
...