Saturday 4th May 2024

१५ असारमा मनाइने रोपार्इ महोत्सवको क्रेज पोखरामा धेरै


तितोपाटी – पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्‍ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए ।

हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता महोत्सवको आकर्षण बने । विदेशी पुरुष एवं महिला हिलो दौड प्रतियोगितामा पर्यटक सहभागी भए ।

खुल्ला पुरुष र महिला, पत्रकार पुरुष र महिलाको पनि हिलो दौड प्रतियोगिता भयो ।महोत्सव उद्घाटन गर्न पुगेका प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल खेतमै पसेर हल गोरु नारे ।

हिलोमा साउने लाउने क्रममा हल गोरु दौडिँदा उनी हिलोमा पछारिन पुगेका थिए । प्रदेश सांसद राजीव पहारी पनि साउने लगाउन खेत पसेका थिए । परिषद्‍का अध्यक्ष केदारनाथ शर्माले नेपालको परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको बताए ।

महोत्सवले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न सहयोग पुर्‍याउने उनले जनाए ।कास्कीका उत्कृष्ट कृषकलाई परिषद्‍ले सम्मान गरेको छ । महोत्सवमा ५ सय विदेशीसहित २५ हजार पर्यटक सहभागी भएको परिषद्को दाबी छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...