Tuesday 4th November 2025

बिदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ


तितोपाटी- वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ |

सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् |

सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ ।

गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक, दीपकबहादुर सुनार र बराह नपा सुनसरीका सन्तोष विष्टसँग मलेसियाको साउदी अवरको प्लाष्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइभ न्टरनेसनल ओभरसिजले चार लाख ५० हजारभन्दा बढी असुलेको पाइएको छ |-यो समाचार आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् |


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डमा जीवनको बारेमा हामीले सोचेका सबै कुरालाई चुनौती दिने खोजमा, अनुसन्धानकर्ताहरूले २ अर्ब वर्षभन्दा पुरानो उल्कापिण्डमा मानव डीएनएको निशान पहिचान…

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

प्रतिकृयाहरू
...