Thursday 26th March 2026

एक महिनामा मात्रै करीब ५७ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा


तितोपाटी- मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् ।

वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।संस्थागत संख्या २४ हजार २९ रहेको छ । त्यसमा महिलाको संख्या १ हजार ७ सय ९१ रहेको विभागको तंथ्याकमा छ ।संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या कात्तिक महिनाको तुलनाा मंसिरमा बढेको छ । गत कात्तिक महिनामा ५१ हजार ५ सय, असोजमा १९ हजार ५ सय ४२, भाद्र महिनामा ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् ।

वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांक अनुसार मंसिरमा सबै भन्दा बढी कामदार साउदी अरब गएका छन् । मंसिरमा उक्त मुलुक जानेको संख्या ६ हजार १ सय ८२ जना रहेको छ ।साउदीपछि नेपाली कामदार क्रमशः यूएई, मलेसिया र कतार गएका छन् । मंसिरमा यूएई जानेको संख्या ५ हजार ४ सय ३५ रहेको छ भने मलेसिया जानेको संख्या ४ हजार ९ सय ५ र कतार जानेको संख्या ३ हजार ६ सय ९७ रहेको छ ।साभार खबर हब 


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...