Friday 25th September 2026

दशककै सर्वाधिक लोकप्रिय एप फेसबुक ! कुन कुन एप छन् त टपमा ?


तितोपाटी – दुनियाको सबैभन्दा धेरै प्रयोगकर्ता भएको फेसबुक यस दशककै लोकप्रिय एप बन्न सफल भएको छ। पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा सबैभन्दा धेरै डाउनलोड भएको एपको सूचीमा फेसबुक पहिलो नम्बरमा पर्न सफल भएको हो। लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुकको एप यस दशकको सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको रिसर्च फर्म एप एन्नीको रिपोर्टमा उल्लेख गरिएको छ।

शुरूवाती दिनमा सन २००४ तिर फेसमास नामबाट चलेपनि पछि फेसबुक नामबाट चलेको दुनियाको सबैभन्दा ठुलो यो सामाजिक संजालले यस अबधिमा संसारलाइ अाफ्नो संजालमा बाँध्न सफल भएको छ। फेसबुकको मूख्य एपमात्र होइन फेसबुक परिवारकै अन्य तीनवटा एपहरु मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम पनि सर्वाधिक डाउनलोड हुने टप फाइभ एपभित्र परेका छन्। फेसबुक परिवारका यी चार एपबाहेक टप फाइभमा पर्न सफल अर्को एप चाहीँ स्नापच्याट हो। स्मरणीय के छ भने सन् २०१३ मा फेसबुकले स्नापच्याटलाई ३ अर्ब डलरमा खरीद गर्ने प्रयास गरेको थियो। यद्यपि फेसबुकको उक्त प्रस्तावलाई स्नापच्याटले अस्वीकार गरेको थियो । सन् २०१० देखि अहिलेसम्म सबैभन्दा धेरैपटक डाउनलोड भएका शीर्ष दश एप्सको सूचीमा उल्लेखित पाँच बाहेक स्काइपी, टिकटक, युसी ब्राउजर, युट्युब र ट्वीटर रहेका छन् ।

रिपोर्ट अनुसार यस दशकमा सर्वाधिक डाउनलोड भएका दशवटा एपमध्ये सातवटा सञ्चार तथा सोसल मिडिया एप परेका छन्। टपटेन डाउनलोड भएका एपमध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन् भने टिकटक र युसी ब्राउजर चिनियाँ कम्पनी मातहत रहेका छन्। रिपोर्टमा सर्वाधिक डाउनलोड भएका एपको सूचिमात्र होइन प्रयोगकर्ताले सर्वाधिक रकम खर्चिएका एपको सूचि पनि उल्लेख छ। जस अनुसार यस दशकमा प्रयोगकर्ताले नेटफ्लिक्समा सबैभन्दा धेरै खर्च गरेका छन् । दोश्रो नम्बरमा डेटिंग एप टिन्डर रहेको छ। त्यस्तै तेश्रो स्थानमा प्यान्डोरा म्युजिक, चौथोमा टेन्सेन्ट भिडियो र पाँचौँमा लाइन रहेको छ।

त्यस्तै सबैभन्दा धेरैपटक डाउनलोड भएको गेमिङ एपको रुपमा सबवे सर्फर्स रहेको छ। यो सूचीमा क्यान्डी क्रस दोश्रो स्थानमा रहेको छ भने टेम्पल रन टू, माइ टकिंग टम तथा क्लास अफ क्लान्स क्रमशः पाँचौँ स्थानसम्म रहेका छन्। त्यस्तै प्रयोगकर्ताले सर्वाधिक खर्च गरेको एपमा क्लास अफ क्लान्स पहिलो नम्बरमा परेको छ भने मोन्स्टर स्ट्राइक दोश्रो, क्यान्डी क्रस तेश्रो, पजल एण्ड ड्रागन्स चौथो र फेट ग्रान्ड अर्डर पाँचौँ स्थानमा रहेका छन्।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...