Wednesday 8th July 2026

श्रमिकसँग बढी रकम लिने म्यानपावरमा छापा


तितोपाटी-वैदेशिक रोजगार विभागले यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टस्थित रसुवा ओभरसिजमा छापा मारेको छ ।

श्रमिकसँग पैसा मागिरहेको सूचनाको आधारमा ओभरसिजमा छापा मार्दा दुई श्रमिकबाट एक लाख २५ हजार लिइरहेको फेला परेको विभागले जनाएको छ । श्रमिकसँग लिएको रकम विभागले बरामद गरेको छ ।यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेबरका लागि महिनाको आठ सय दिर्हाम तलब पाउने भन्दै रसुवा ओभरसिजले प्रतिव्यक्ति एक लाख २५ हजार रुपियाँ मागेपछि सुरेन्द्र राना मगर, बालकृष्ण गरंजा मगर, समिर गरंजा मगर, शन्तबहादुर गरंजा मगर र योगबहादुर गुरमछानले विभागमा निवेदन दर्ता गराएका थिए ।

विभागको टोली म्यानपावर कार्यालय पुग्दा एजेण्ट जितबहादुर बम्जनले योगबहादुर गुरमछानबाट ७० हजार र शन्तबहादुर जर्गा मगरबाट एक लाख १० हजार बुझिसकेका तथा बाँकी तीन जनासँग रकम लिने तयारी रहेको अवस्थामा थिए ।

एजेण्ट जीतबहादुरले यसअघि नै तीन जनासँग ३५ हजार लिइसकेको र बाँकी रकम लिएर आइतबार म्यानपावर कार्यालय बोलाएका थिए । रकम बुझ्न जीतबहादुरलाई खटाएको म्यानपावर सञ्चालक सुवर्ण लामाले स्वीकार गरेको विभागले जनाएको छ ।
-साभार उज्यालो अनलाईन


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको…

प्रशान्त महासागरको सुन्दर टापु राष्ट्र फिजी मा आज करिब १० हजार नेपाली मूलका मानिसहरू बसोबास गरिरहेको अनुमान गरिन्छ। उनीहरूको सबैभन्दा…

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

प्रतिकृयाहरू
...