Friday 11th September 2026

प्रधानमन्त्री ओली डिस्चार्ज भइ बालुवाटार फर्किए, उपचार खर्च २ लाख ५५ हजार


तितोपाटी – प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली एपेन्डिसाइटिसको उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । १० दिन लामाे अस्पताल बसाइपछि प्रधानमन्त्री ओली बिहीबार दिउँसाे डिस्चार्ज भएका हुन । उनी त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० मंसिरमा भर्ना भएका थिए ।

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले विज्ञाप्ति जारी गर्दै प्रधानमन्त्री ओली डिस्चार्ज भएकाे जानकारी गराएका छन् । उनी एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्जपछि उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् ।

प्रधानमन्त्रीको १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ ।

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् । उपचारमा संग्लग्न एक चिकित्सकले भने, ‘अब उहाँ नियमित काम गर्न सक्नु हुनेछ । तर, अप्रेसनको घाउ बल्झिन सक्ने भएकाले आरामको जरुरत धेरै छ ।’


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...