Monday 17th November 2025

प्रधानमन्त्री ओली डिस्चार्ज भइ बालुवाटार फर्किए, उपचार खर्च २ लाख ५५ हजार


तितोपाटी – प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली एपेन्डिसाइटिसको उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । १० दिन लामाे अस्पताल बसाइपछि प्रधानमन्त्री ओली बिहीबार दिउँसाे डिस्चार्ज भएका हुन । उनी त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० मंसिरमा भर्ना भएका थिए ।

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले विज्ञाप्ति जारी गर्दै प्रधानमन्त्री ओली डिस्चार्ज भएकाे जानकारी गराएका छन् । उनी एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्जपछि उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् ।

प्रधानमन्त्रीको १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ ।

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् । उपचारमा संग्लग्न एक चिकित्सकले भने, ‘अब उहाँ नियमित काम गर्न सक्नु हुनेछ । तर, अप्रेसनको घाउ बल्झिन सक्ने भएकाले आरामको जरुरत धेरै छ ।’


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...