Friday 11th September 2026

सुन्सरीमा एम्बुलेन्स र ट्रक ठोक्किंदा ७ जनाको मृत्यु, पोखरामा ५ पुरिए


सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

पूर्वपश्चिम-राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स वीरगन्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परि एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ भने एम्बुलेन्समा पूर्णरुपमा क्षति पुगेको छ ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै त्यसमा सवार सात जनाको ज्यान गएको बताए । दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राई छन् । त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।

पोखरामा आइतबार बिहानै ५ जना सडक मजदुर पुरिए

पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन्। आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङलाइ उधृत गर्दै समाचार प्रकाशित भएकाे छ। सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका र उनीहरूलाई निकाल्ने प्रयास भइरहेको जनाइएको छ । ती मजदुर स्थानीय नभई कामका लागि त्यहाँ पुगेका हुन्।

२ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । पुरिने सबै सल्यान जिल्लाका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले बताए।


सम्बन्धित शीर्षकहरु

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष…

प्रतिकृयाहरू
...