Sunday 22nd March 2026

नयाँ र पुराना मन्त्रीहरुलाई प्रधानमन्त्रीले दिए डिनर पार्टी


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुको स्वागतमा ‘डिनर पार्टी’ आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका थिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको निवसमा मन्त्रीज्यूहरु परिवारसहित भन्दै सामाजिक सञ्जालमा फोटोसमेत सेयर गरेका छन् ।

प्रधानमन्त्रीले आह्वान गरेको डिनर पार्टीमा काठमाडौंमा उपलव्ध भएका अधिकांश मन्त्रीहरु उपस्थित भएपनि मन्त्रिमण्डल पुनर्गठनका क्रममा बहिर्गमनमा परेकाको भने खासै उपस्थिती थिएन ।पूर्व भौतिक योजना मन्त्री रघुवीर महासेठ पत्नीसहित बालुवाटार पुगेपनि अन्य पूर्व मन्त्रीहरु भने बालुवाटार गएनन् ।

‘बाहिरिनु भएका र नयाँ आउनु भएका सबैलाई डिनरका लागि प्रधानमन्त्री ज्यूले बोलाउनु भएको थियो’ बालुवाटार निकट श्रोतले खबरहबसँग भन्यो,‘तर बाहिरिनु भएका पूर्व मन्त्रीहरु खासै आउनु भएन । नयाँ मन्त्रीहरु मन्त्राणीसहित उपस्थित हुनुभएको थियो ।’राजधानीमा रहेका मन्त्रीहरु उपस्थित भए भनिएपनि सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव र उनको दल समाजवादी नेपालका तर्फबाट मन्त्रीरहेकाहरुको भोजमा उपस्थिति थिएन ।

‘यो पारिवारिक भेटघाट र चिनजान जस्तै कार्यक्रम हो,’ बालुवाटार स्रोतले भन्यो,‘यो पुरानै प्रचलन पनि हो ।’खानपान र गफगाफका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरु र पुनर्गठनपछि मन्त्री बनेकाहरुलाई प्राथमिकता तय गरेर अघि बढ्न सुझाव दिएका थिए ।औपचारिक कुनै कार्यक्रम भएको होइन’ स्रोतले भन्यो,‘प्रधानमन्त्री ज्यूले विकास निर्माण, जनचासोलाई ख्याल गरेर अघि बढ्न र सरकारमाथि भइरहेको आक्रमणको डटेर सामाना गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’ केही मन्त्रीहरु पत्नीसहित साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए भने केही ढिला पुगेका थिए । केही मन्त्रीहरु राति १० बजेसम्म बालुवाटारमा खानपान गरेर फर्किएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...