Friday 23rd October 2026

सुदुर सांगीतिक धमाकामा रवि ओड र चक्र बमको कस्तो रहला केमेष्ट्री ? यो कुराकानी हेराैं


डिबि बुढाथोकी/कुवेत – नेपाल आइडल सिजन टु का बिजेता रबि ओड र गायक एवं मोडल चक्र बम आज कुवेत प्रस्थान गरेका छन् । कलाकारद्वय सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आयोजना गरेको दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019 को लागि प्रस्थान गरेको संस्थाका बरिष्ठ सल्लाहकार पुष्कर धामीले जानकारी दिएका छन्। कलाकारद्वय आज बुधबार साँझ स्थानीय समय अनुसार ७ः२० बजे  कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् भने आगामी शुक्रबार हवाली ब्ल्क १० स्थित ब्वाइज स्काउट क्लबको हलमा  भव्य सांगीतिक कार्यक्रम गर्नेछन् ।

विभिन्न किसिमका सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै कुवेतमा कृयाशिल अन्य संघ सँस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाज कुवेतले सेप्टेम्बर 20 तारीख शुक्रबार ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा आयोजना गर्ने “दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019” एक च्यारिटी सो हुने समाजका अध्यक्ष अमर खड्काले यस अघि नै जनाइ सकेका छन् । नेपाली गित संगीतलाई औधी माया गर्ने नेपाली दर्शकको लागि यातायात साथै अन्य व्याबस्थाको बृहत तयारी गर्दै गरेको उक्त संस्थाका अध्यक्ष अमर खड्कासँगको यो मीठो कुराकानी हेरौ ।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...