Wednesday 17th June 2026

थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा धनकुटाको अल्सर विरामीलाई रु,६९,३५६ आर्थिक सहयोग


तितोपाटी – कुवेत स्थित थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघले पुर्वी नेपालको घनकुटा जिल्लाका एक बिरामीलाइ  आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष दुर्गा चेम्जोङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् ।

प्राप्त जानकारी अनुसार धनकुटा जिल्लाको  मौना बुधुक गाउँ पालिका वार्ड नं ७ घर भइ लामो समयदेखि आन्द्राको अल्सर भइ हाल वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत वर्ष ६५ को भक्त बहादुर लिम्बुको दुइ पटक सम्म अप्रेशन गरी आर्थिक अभावका कारण उपचारमा सकस भएको खबर प्राप्त भएपछि कुवेतमा कृयाशिल थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतको पहलमा अर्थ संकलन गरि  विरामीलाई  नेपाली रूपैया ६९,३५६।- अक्षेरूपी उनन्सतरी हजार तिन सय छपन्न रुपैया आर्थिक सहयोग गरेको हो ।  सहयोग रकम चेम्जोङ समाजका सचिव सुरेन्द्र चेम्जोङ र सदस्य विद्या चेम्जोङको हातबाट बिरामीलाइ हस्तान्तरण गरिएको हो ।

सो सहयोग रकम थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले संघका पदाधिकारी एवं सदस्यहरू लगायत कुवेतमा रहनु हुनुने समाज सेवी सहयोगी मनहरूबाट संकलन गरि पठाइएको थियो ।

आफ्नो जातीय हक, हित तथा संस्कार, परम्परा, भाषा, लिपि संरक्षण हेतु सन २०१६ मा कुवेतमा गठन भइ कृयाशिल रहँदै आएको थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले यस अघि पनि बिभिन्न किसिमले पीडित भएका नेपालीहरूलाई सहयोग गर्दै कर्मभूमि कुवेतमा सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...