Friday 25th September 2026

कतारस्थित जेलमा रहेका विनोदको रिहाइ


तितोपाटी-कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए ।

रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृ त्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उन लाई घटना लगत्तै कतार पुलिसले प क्राउ गरी ओक्रा जे लमा राखी मु द्धा चलाएको थियो ।मु द्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्ल ड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाए अनुसार उद्धारका लागी रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सवै संग सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनलाई उद्दार गरिएको हो।

उनि नेपाल फर्किय सगै उद्धार समितिले आफ्नो कामले सफलता पाएको भन्दै खुसि व्यक्त गरेका छन्।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...